काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन नवकन्याहरूको पूजा गरेका छन् । बुधबार महानवमीको अवसर पारेर राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।
दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ । वै
दिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने चलन बढ्दै गएको छ । यसै क्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन श्रीमतीका साथ शितलनिवासमा नवकन्याहरूको पूजा गरेका हुन् ।