`

कलाकार निश्चल बस्नेतलाई मातृशोक

काठमाडौं । कलाकार तथा निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ७१ वर्षको उमेरमा निधन भएको हो । उनी १५ वर्षदेखि डायलसिस गराउँदै आएकी थिइन् । पछिल्लो समय निमोनिया भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवार स्रोतले जनाएको छ ।