`

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल मलेसियाविरुद्धको टी– २० सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको छ । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई अन्तित ७ बलमा ७ रन आवश्यक थियो । तर, उक्त समयमा नेपालले सातौँ विकेट गुमायो । त्यसपछि ६ बलमा ७ रन आवश्यक रहेको नेपालले मात्रै ३ रन बटुल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।