काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको थियो ।
बोर्डले आज अनिवार्य अंग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।
त्यस्तै असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो । परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए ।