`

एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए

काठमाडौँ । नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् ।

पार्टीको एघारौँ महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् ।

सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो ।

सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताए । उनले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिए ।

उनले भने, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नु हुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’

एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।

विशेष महाधिवेशन माग गर्ने कांग्रेसका प्रतिनिधिहरूको भेला (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला भएका छन् । उनीहरुको भेला राष्ट्रिय सभागृहमा सुरु भएको हो ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन ।

यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए ।

महाधिवेशनबारे निर्णय लिन भोलि दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ।

 

एमाले महाधिवेशनका निम्ति ११ उपसमिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि ११ उपसमिति बनाएको हो ।

यस्तो छ उपसमिति

प्रतिनिधि व्यवस्थापन समिति
संयोजक : काशीनाथ अधिकारी
सचिव : माधव ढुंगेल

जनपरिचालन समिति
संयोजक : प्रदीप ज्ञवाली
सचिव : राजन भट्टराई

आवास व्यवस्थापन समिति
संयोजक : छविलाल विश्वकर्मा
सचिव :लालबाबु पण्डित

खाद्य व्यवस्थापन समिति
संयोजक : लेखाराज भट्ट
सचिव : भीष्म अधिकारी

यातायात व्यवस्थापन समिति
संयोजक : गोकर्ण विष्ट
सचिव : रचना खड्का

अतिथि सत्कार समिति
संयोजक : रघुवीर महासेठ
सचिव : महेश बर्तौला

स्वयम्सेवक परिचालन समिति
संयोजक : भानुभक्त ढकाल
सचिव : विनोद पाण्डे

प्रचार समिति
संयोजक : पद्मा अर्याल
सचिव :राजेन्द्र गौतम

मञ्च व्यवस्थापन समिति
संयोजक : विनोद श्रेष्ठ
सचिव : लोकबहादुर भण्डारी

स्वास्थ्य समिति
संयोजक : कृष्ण गोपाल श्रेष्ठ
सचिव : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

आर्थिक समिति
संयोजक : विष्णु रिमाल
सचिव : विना श्रेष्ठ

 

नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ। मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ।

एमाले महाधिवेशनमा करिब २५ सय  जना सहभागी रहनेछन्। अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षमा उम्मेदवार हुने तयारीमा छन्।

चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र

काठमाडौँ । नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्।

१४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्।

कांग्रेसको नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भन्नेमा विवाद छ। यही विवाद समाधान गर्न नसक्दा एक महिनादेखि केन्द्रीय समिति बैठक अनिर्णीत छ।

केन्द्रीय समिति बैठक भोलि दिउँसो २ बजे बस्दैछ। उक्त बैठकले चुनावअघि महाधिवेशनको निर्णय गर्नुपर्ने भन्दै उनीहरूले पत्र बुझाएका हुन्।

यस्तो छ पत्र:

 

एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौंमै हुने

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।

यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।