काठमाडौं । हेटौंडा सडक विस्तार पीडितहरूले काठमाडौंको माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् । सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगराएको उनीहरूको गुनासो छ ।
सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए । हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर उनीहरूले प्लेकार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदरेशन गरेका हुन् ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

