`

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन् । भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

 

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नव नियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ता सिफारिस गरिसकेकी छैनन् । कार्कीले मन्त्रिमण्डल नै विस्तार गरेकी छैनन् ।