काठमाडौं । गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ ।कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले हेलिकप्टर तयारी अवस्थामा राख्न भनेको हो ।
‘मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध छ,’ गृहका उपसचिव निशानराज गौतमले लेखेको चिठीमा उल्लेख छ । यसका लागि समन्वय र सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह पनि गरिएको छ ।
हेर्नुस् पत्र