`

विश्वकप लिग–२ : यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले ब्याटिङ थालेको छ । दुबईमा जारी तीन देश सम्मिलित श्रृंखला (सिरिज) अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन् । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ ।

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपको टिकट काटेका हुन् ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्।

विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ।

योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो। यो पटक पनि नेपालले विश्वकपमा स्थान बनाएपछि लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । आइसीसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटका लागि आज (बुधबार) नेपाल कुवेतसँग भिड्दैछ । ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८ः४५ बजे कुवेतसँग खेल्नेछ ।

एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइँदै छ । यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । नेपाल समूह २ मा छ । नेपालको समूहमा कुवेत र जापान छन् । समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ । यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर–६ मा पुग्नेछ ।

सुपर–६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ । एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् । तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्ने छन् ।

यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुने छैन । त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ । किनकी सुपर–६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ । भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ । १७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ

नेपालका खेल

नेपाल भर्सेस कुवेत : असार २२, बुधबार, राति ८ः४५ बजे

नेपाल भर्सेस जापान : असार २४, शुक्रबार, दिउँस ४ः१४ बजे

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।