`

कुरा भइरहेको छ, शेखर दाइ र ममध्ये एक जना सभापति लड्छौं : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन् । सभापति को–कोबीच प्रतिस्पर्धा हुन्छ यकिन भइसकेको छैन । तर नेताहरूले आफूले आकांक्षा राखेको कुराहरू बिस्तारै खोल्न थालेका छन् ।

पूर्व महामन्त्री शशांक कोइरालाले पनि सल्लाह गरेर सभापति उठ्ने विषयमा निर्णयमा पुग्ने बताएका छन् । ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने, ‘हामी दुई जनामध्ये एक जना लड्छौँ ।’

उनले महाधिवेशन तयारीका लागि समय कम रहेको बताएका छन् । महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने उनको भनाइ थियो । ‘समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने । पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको उनले बताए । सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनले बताए । जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्ने उनले बताएका छन् ।

महाधिवेशनका लागि समय कम भयो : शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए ।

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौं ।’ रासस