`

शेखर कोइरालाले मोरङ– ६ मा गराए मनोनयन दर्ता

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्त गराएका छन् । आउँदो प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्न विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसअघि सोही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट विनोद ढकालले मनोनयन दर्ता गराएका छन् ।