`

सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा पुगेर परियारले सर्मिला परियारसँग विवाह दर्ता गराएका हुन् । सर्मिला पोखरा महानगरपालिका–१७ की स्थानीय हुन् । उनीहरू दुई वर्षदेखि प्रेममा थिए । ‘हामीले आज विवाह गरेका हौं,’ सन्तोषले सुनाए ।