`

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

Nepal One HD १० असोज २०८० १५:१६
अर्थ समाचार

काठमाडौ– काठमाडौंको भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा सुरु एक्स्पो असोज १४ गतेसम्म ५ दिन चल्नेछ । एक्स्पोमा सय भन्दा बढी स्टलहरु रहेका छन् । जसमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे । उद्घाटन समारोहमा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अर्बो को लगानी हुँदा धेरै बस्तु बिदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नुपर्ने बताए ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया