आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन – राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउनुहोस्

64 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिको मितिका बिषयमा निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन आयोगलाई निर्देशन दिए । उनले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

यस्तै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै