`

युवा सङ्घ नेपालको कैलाली जिल्ला कमिटीको बैठक सम्पन्न

Nepal One HD ८ असार २०८० २१:१४
राजनीति

काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालले कैलाली जिल्लाको जिल्ला कमिटी बैठक सम्पन्न गरेको छ ।

सङ्घको बैठकले जिल्लाको १३ वटा स्थानीय तहमा व्यवस्थित ढङ्गले अधिवेशन गर्ने निर्णय गरेको हो । १ सय २६ वटै वडाहरूमा भव्यरुपमा अधिवेशन गरेर नयाँ १६ वर्ष देखी २५ वर्षका १० हजार भन्दा बढी युवाहरूलाई सदस्यता वितरण गर्ने योजना रहेको सङ्घले बताएको छ ।

न्यु जेनेरेसन मिसन नेक्स्ट इलेक्सनलाई प्रभावकारी ढङ्गले पार्टी सशक्त बनाई आगामी निर्वाचन २०८४ मा नेकपा एमालेलाई कैलाली जिल्लामा पहिलो पार्टी बनाउने युवा सङ्घले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय सचिव विनय शाह, प्रदेश अध्यक्ष भरत मल्लको आतिथ्यमा बैठक सम्पन्न भएको हो ।


प्रतिक्रिया