`

पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ

Nepal One HD १५ असार २०८० १८:००
अपराध

काठमाडौं । पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। 

नयाँ बानेश्वर वृतको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो। उनी पूर्वसांसद समेत हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन्। 

त्यस्तै उनी विरुद्द विषेश अदालतमा भष्ट्रचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। 
बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो।  

बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमती लिएर पक्राउ गरिएको हो।


प्रतिक्रिया