त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
अपराध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङलाई विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
साथै, पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
