`

एसइई नतिजा: ४३१ जना विद्यार्थीको परीक्षा रद्द

Nepal One HD २१ असार २०८० १६:३९
शिक्षा

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ।

बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्ने क्रममा ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको जनाएको हो।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन् । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको बोर्डले जनाएको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।


प्रतिक्रिया