प्रधानमन्त्रीको राजीनामा मग्दै आज पनि एमालेले गर्याे राष्ट्रिय सभाको बैठक अवरुद्ध

प्रमुख खबर

काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अधयक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्ति राष्ट्रघात भएको बताउँदै यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको बोलीले सबै कुरा प्रश्ष्ट भइसकेको भन्दै अब फेरी प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्ने अवस्था नै नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट