`

दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

Nepal One HD २७ असार २०८० १२:००
राजनीति

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले दिवङ्गत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्नुभएका ओलीले लेख्नुभएको छ,, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया