`

देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सांसद बाँस्कोटाको माग

Nepal One HD ३१ असार २०८० १५:४२
राजनीति

काठमाडौँ / नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बाँस्कोटाले पुस्तौँपुस्तादेखि जमिन जोतिरहेको व्यक्तिको नाममा जमिन दर्ता हुन नसकेको र गुठीसम्बन्धी समस्या समाधान गर्न तत्पर हुनुपर्ने बताउनुभयो । उहाले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा गुठीको समस्याबाट पीडितलाई न्याय दिनुपर्ने उल्लेख गर्नुभयो ।

बाँस्कोटाले लम्पिस्किनको समस्यामा परेका किसानलाई राहातको प्रवन्ध गर्न र उक्त रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग मागसमेत गरे ।


प्रतिक्रिया