`

सोमबार सुनचाँदीको मूल्य स्थिर

Nepal One HD १ साउन २०८० ११:४०
अर्थ समाचार

काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो । यससँगै, सोमबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया