`

पहिरो पन्छाएपछि नारायणगढ –मुग्लिन सडक सुचारु

Nepal One HD २३ साउन २०८० ९:४९
समाचार

चितवन / कालीखोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोला पुल नजिक बिहान सवा पांँचबजे पहिरो गएको थियो ।

सवा ९ बजे पहिरो पन्छाएपछि अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।


प्रतिक्रिया