`

तीनदलबीच कुरा मिल्दा एक हुने र कुरा नमिल्दा सदन नै अवरोध गर्ने :रवि लामिछाने

Nepal One HD २३ साउन २०८० १७:५२
राजनीति

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले तीनदलले संसदलाई बन्धन बनाएको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले तीनदलबीच कुरा मिल्दा एक हुने र कुरा नमिल्दा सदन नै अवरोध गर्ने देखिएको र संसदलाई नै बन्धन बनाउने काम भएको बताउनुभएको हो ।उहाँले सदनको समय तोकिएको समयमा नै सुरु गर्ने अवस्था सिर्जना गर्न सभामुखको ध्यानाकर्षण गराउदै विवादका बिषय सभामुख र तीन नेता बसेर समय भन्दा बढि नै मिलाउन सुझाव दिनुभयो । त्यस्तै लामिछानेले सुन प्रकरणमा अनुसन्धान गर्दा राज्यको निकायमा बसेका व्यक्तिहरुमाथि पनि छानविन गर्छ भन्ने प्रतिवद्धता गृहमन्त्रीले जनाउनुपर्ने धारणा राख्नुभयो ।

उच्चस्तरीय छानविन समिति गठनको आवश्यकता छ की छैन भन्नका लागि पनि सदन चल्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणमा जान छूट दिएकोमा आपत्ति जनाउनुभयो । जहाँजको सीटमा बसेका नेपाल सरकारका सचिवलाई पक्राउ गर्ने तर अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट पूर्वप्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छूट न्यायसंगत नभएको उहाँको भनाइ छ ।


प्रतिक्रिया