`

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Nepal One HD २४ साउन २०८० ९:१६
राजनीति

काठमाडौं । बुधबार राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नुहुनेछ । 

तर राष्ट्रियसभा बैठकमा अवरोध गर्ने एमालेले तयारी गरेको छ । एमालेले यसअघिका बैठक पनि अवरोध गर्दै आएको थियो । 


प्रतिक्रिया