`

कपनमा महानगरको डोजर पुगेपछि स्थानीयबासी आन्दोलित

Nepal One HD २५ साउन २०८० १२:३५
समाचार

काठमाडौं / काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपछि स्थानीयले विरोध गरेका छन् ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । स्थानीय र नगरप्रहरीबीच झडपसमेत भएको छ ।

स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।


प्रतिक्रिया