`

शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न शिक्षक महासङ्घको माग

Nepal One HD २६ साउन २०८० २२:०५
प्रशासन

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाको सही सम्बोधन हुनुपर्ने माग गरेको छ । महासङ्घले आफ्ना मुद्धा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महाससङ्ले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही साउन २८ गतेदेखि आन्दोलन गर्ने जानकारी गराएको हो ।

महासङ्घ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको वक्तव्यमा विगतमा भएको सहमतिका आधारमा राहत तथा उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवा सुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकोमा आपत्ति प्रकट गरिएको छ ।


प्रतिक्रिया