ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : अध्यक्ष डा भट्टराई

राजनीति

सुर्खेत / नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताउनुभयो । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा. भट्टराईले सुझाव दिनुभयो । ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उहाँले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट