खेलकुद संगठनलाई राखेपमा समावेश नगरे सरकारबिरुद्ध संघर्ष गर्ने झलनाथको चेतावनी

राजनीति

काठमाडौं / नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको हो । उहाले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको उल्लेख गर्नुभयो । खेलकुद क्षेत्रमा मानवजिवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापीत गर्ने भएकाले यसलाई स्थापीत गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले देशका सवै तहमा महासंघलाई विस्तार गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट