`

एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

Nepal One HD ३२ साउन २०८० १४:३७
राजनीति

काठमाडौँ / नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गर्नुभएको थियो ।

समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहनुभएको छ समिति सदस्य गोकुल बाँस्कोटाले समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेको बताउनुभयो । सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा नआएको उहाँले जानकारी दिनुभयो।


प्रतिक्रिया