`

रूस र युक्रेनको आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला

Nepal One HD १७ कार्तिक २०८३ ११:१२
विज्ञान-प्रविधि

काठमाडौं । रूस र युक्रेनका आपत्कालीन चेतावनी प्रणाली साइबर आक्रमणको निशानामा परेका छन् ।

ह्याकरहरूले दुवै देशका नागरिकलाई लक्षित गर्दै रेडिएसनको खतरा र परमाणु आक्रमण हुन सक्ने आशयका नक्कली चेतावनी सन्देश पठाएपछि केही समय त्रासको वातावरण सिर्जना भएको छ ।

रूसको आपत्कालीन मन्त्रालयले आफ्नो चेतावनीसम्बन्धी एपमा ठूलो परिमाणमा साइबर आक्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार ह्याकरहरूले प्रणालीको दुरुपयोग गरी सर्वसाधारणलाई भ्रामक सूचना पठाउन सक्ने प्रयास गरेका थिए ।

यद्यपि मन्त्रालयले देशको सार्वजनिक आपत्कालीन चेतावनी प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ । साइबर आक्रमणको प्रयास भए पनि आधिकारिक अलर्ट प्रणालीमा अवरोध नआएको उसको दाबी छ ।

युक्रेनमा पनि यस्तै घटना भएको विवरण सार्वजनिक भएको छ । त्यहाँको एयर रेड वार्निङ एपमार्फत नागरिकलाई लक्षित गरी फर्जी चेतावनी सन्देश पठाइएको बताइएको छ ।

युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले यस घटनामा रूसलाई जिम्मेवार ठहराएको छ । उक्त संस्थाले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको पोस्टमा युक्रेनी एयर रेड एपमा देखिएका केही नक्कली चेतावनीका तस्बिरसमेत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *