`

बालसेना प्रयोग सम्बन्धी प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दाको पेशी तोकियो

Nepal One HD ३२ साउन २०८० १९:५५
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले माओवादी सशस्त्र द्वन्द्वमा प्रयोग भएको बालसेना सम्बन्धी मुद्दाको पेशी  आगामी १५ असोजका लागि तोकेको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, पूर्व माओवादी नेता भट्टराई  लगायतका सबै प्रतिवादीले लिखित जवाफ बुझाएपछि सर्वोच्चले पेशीको मिति तोकेको हो।

दाहाल र भट्टराईले आफूहरूको योगदानको अवमुल्यन गरेको भन्दै पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राई रिट लिएर सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रधानमन्त्री दाहालले ५ साउनमा बुझाएको लिखित जवाफमा घुमाउरो तरिकाले सशस्त्र द्वन्द्वका बेला आफूहरूले बालसेना प्रयोग गरेको स्विकारेका थिए।


प्रतिक्रिया