`

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ मा विश्वासको मत लिने

Nepal One HD १ भदौ २०८० १४:४३
राजनीति

काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । भदौ ३ मा विश्वासको मत लिनेगरी ‍मुख्यमन्त्री थापाले शुक्रबार नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए। तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी छन् ।

मुख्यमन्त्री थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।


प्रतिक्रिया