आरती साहलाई न्याय माग्दै शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन
समाचार
काठमाडौँ / घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
९० दिन बितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहेपनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरुले मुखमा कालो पट्टी बाध्दै मौन धर्ना दिएका हुन् । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ । आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
