`

किसानलाई मल विक्रि गर्ने क्रममा केहि सहकारीले बदमासी गरेको हो : डा. वेदुराम भुसाल

Nepal One HD २ भदौ २०८० १७:४३
राजनीति

काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल विक्रि गर्ने क्रममा केहि सहकारीले बदमासी गरेको बताउनुभएको छ । हो
शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट टे«डिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रिबितरण गर्दा त्यसको असर किसानलाई परेको बताउनुभएको हो ।

उहाँले संघीय सरकारले मल भित्र्याउने मात्रै गरेको बितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गर्नुभयो । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रिको जिम्मा दिदा गडबढी भएको उहाले बताउनुभयो । मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफुहरु सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिव नियन्त्रणमा आएको दावी गर्नुभयो । उहाँले खेतियोग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताउनुभयो ।

उहाँले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गर्नुभयो । उहाँले सिंचाई नपुगेका स्थानमा समेत सिंचाईको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताउनुभयो ।


प्रतिक्रिया