`

१०० किलो सुन काण्ड सेलाउन नपाँउदै रसुवामा २ किलो सुन बरामद

Nepal One HD ३ भदौ २०८० १३:३७
प्रमुख खबर

३ भदौ, रसुवा । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।


प्रतिक्रिया