`

स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान

Nepal One HD ९ भदौ २०८० १५:४८
प्रशासन

काठमाडौँ / स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समयमा भेला, जुलुस, ¥याली निकाल्न रोक लगाएको थियो। निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन् ।

धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विभिन्न समूह तथा संस्थाले शनिबार ¥याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


प्रतिक्रिया