कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

राजनीति

सुन्दरहरैँचा (मोरङ), ९ भदौ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताउनुभएको छ ।
आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका ला ि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।” यसका लागि उहाँले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गर्नुभयो ।
कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उहाँले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया