`

सबै कम्युनिस्ट तथा समाजवादी शक्तिलाई एकताबद्ध हुन माधव नेपालको आह्वान

Nepal One HD १८ कार्तिक २०८३ १९:५३
प्रमुख खबर

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहलाई पनि एकता तथा सहकार्यको प्रक्रियामा आउन आग्रह गरे।

उनले उपेन्द्र यादवसहित अन्य समाजवादी शक्तिहरूलाई संविधान, गणतन्त्र र जनअधिकारको रक्षाका लागि मिलेर अघि बढ्न आह्वान गरे। कम्युनिस्ट आन्दोलनमा देखिएको निराशा चिर्दै नयाँ उत्साह सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले कम्युनिस्ट आन्दोलनको रक्षा र रूपान्तरणका लागि एकता अपरिहार्य रहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *