तिहारको साइत : कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम
प्रमुख खबर
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११:०७ बजे रहेको जनाएको छ ।
समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ । कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २३ गते गाईपूजा, २४ गते गोरुपूजा तथा म्हपूजा र नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाइनेछ ।
भाइटीका भने कात्तिक २५ गते बुधबार मनाइनेछ । साइत खोज्नेका लागि बिहान ११:०७ बजे उत्तम समय रहेको समितिले जनाएको छ । सर्वसाधारणले भने मध्याह्न समयमा पनि टीका लगाउन सक्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
