`

क्रिकेटर सन्दीपविरूद्वको मुद्दा न्यायाधीस पण्डितको इजलासमा

Nepal One HD १० भदौ २०८० १२:३३
प्रमुख खबर

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ ।

आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

सन्दीपको मुद्दा पेशीको सूचीमा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिन मै फैसला आउने बताईएको छ ।

फैसलाको चरणमा रहेको मुद्दा विभिन्न कारण देखाई सर्दै आएको छ । जिल्ला अदालतले गत ३२ साउनमा अन्तिम पेसी भनेपनि बिना सुनवाइ स्थगित गरेको थियो ।

न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।

सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया