`

नेकपा एमालेको सचिवालय बैठक बस्दै, अध्यक्ष ओली सिराहा जाँदै

Nepal One HD १३ भदौ २०८० ८:१८
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक आज दिउँसो १२ बजे सिराहाको धनगढीमाइ नगरपालिका–१४ अम्बासमा हुने एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए। यहि बैठकको लागि आज पार्टी अध्यक्ष केपी शर्मा ओली सिराहा जाने भट्टराईले बताए ।

बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने लगायतको कार्यक्रम रहनेछ । यस्तै बैठकमासमसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया