एमसीसी विवाद :विप्लवको चेतावनीपछि धनगढीको पूर्वनिर्धारित सभा स्थगित


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) को विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ । मोर्चामा आबद्ध दल नेकपाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकार्य तोड्ने चेतावनी दिएको छ ।
प्रचण्डलाई भेट्न बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर जवाफमा प्रधानमन्त्री प्रचण्डले एमसीसी कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको छ । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।
शर्माले भने ‘सरकार एमसीसीमा लागेपछि धनगढीको सभा स्थगित भयो । एमसिसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति सहकार्य गर्ने भन्ने छ ।’