`

नेपालको तेस्रो विकेट पनि गुम्यो,कप्तान रोहित ५ रनमै आउट

Nepal One HD १८ भदौ २०८० १६:५३
खेलकुद

काठमाडौं – एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।


प्रतिक्रिया