भारतविरूद्ध आसिफको अर्धशतक

खेलकुद

काठमाडौं – एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरे। त्यतिबेला नेपालले २७.२ ओभरमा ४ विकेटको क्षतिमा ११३ रन जोडेको थियो।
आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट