इस्तानाबुलमा भीषण वर्षाका कारण दुईको मृत्यु, १२ घाइते
विश्व
इस्तानाबुल / टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण दुई जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बुधवार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको बताएको हो । कुकुकेकमेसे जिल्लमा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ ।
प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ । उत्तरपश्चिमी टर्कीमा मंगलवार बिहानदेखि नै भारती वर्षा भइरहेको छ । किर्कलारेली प्रान्तमा आएको बाढीमा मृत्यु हुनेको संख्या भने तीन पुगेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
