सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

प्रमुख खबर

काठमाडौं – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
उपाध्यक्ष नेम्वाङको आज राती हृदयघातका कारण निधन भएको थियो। उहाँका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट