`

 बाबुराम भट्टराई भारत जाँदै  

Nepal One HD ३० भदौ २०८० १३:०५
राजनीति

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज शनिबार भारत जाँदैछन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन्

भ्रमणका क्रममा भट्टराईले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाटसमेत गर्ने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते स्वदेश फर्कने बताइएको छ ।


प्रतिक्रिया