`

अझै २० वर्ष सक्रिय रहेर योग्यतम व्यक्तिलाई  नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छुः ओली

Nepal One HD ३० भदौ २०८० १६:३२
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले बालबालिकाहरूको अनुहारमा देश बनाउन सक्ने आत्मविश्वास देखेको बताउनुभयो ।

‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताउनुभएको छ । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाउनु भएको छ।

आफूले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको ओलीले बताउनु भएको छ । ‘अब्बल राजनीतिज्ञ अब तपाईँहरूबाट जन्मिनु पर्छ, नयाँ पिँढीबाट जन्मनु पर्छ’, उहाँले भन्नुभयो ।


प्रतिक्रिया