`

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

Nepal One HD ३० भदौ २०८० १८:४८
प्रमुख खबर

काठमाडौँ, ३० भदौ : नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना गर्नुभएको हो ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समवेदना पत्र पढेर सुनाउनुभएको सांसद दीपा शर्माले जानकारी दिनुभयो ।

समवेदना दिन एमालेका सबै सांसद जानुभएको थियो । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।


प्रतिक्रिया